नेपालसँगको पहिलो एकदिवसीय मैत्रीपूर्ण खेलमा पपुवा न्यूगिनी (पीएनजी) १ सय ३४ रनमै अलआउट भएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको पीएनजी ३३ ओभरमा १ सय ३४ रनमै अलआउट भएको हो ।
उसका लागि लेगा सियाकाले ३०, चार्ल्स अमिनीले २३, गौडी टोकले २२, विकेटकीपर किल्पिन डोरिगाले १५, ससेस बउले १४ र चाड सोपरले अविजित १७ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
बलिङमा सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । उनले १० ओभरमा ३५ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए ।
कुशल मल्ल, विक्रम सोबले दुई/दुई, सोमपाल कामी र पवन सराफले एक÷एक विकेट हात पारे ।
नेपाल र पीएनजीबीचको दोस्रो वानडे म्याच बिहीबार हुनेछ ।
त्यसपछि नेपालले अमेरिका र घरेलु टिम ओमानविरुद्धको त्रिकोणात्मक सिरिज खेल्नेछ । सिरिज भदौ २८ देखि सुरू भएर असोज ४ मा सकिनेछ । सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई/दुई खेल खेल्नेछ ।