नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी फुट्दा ५ देखि १० प्रतिशत नोक्सानी भएको बताएका छन् ।
कास्की एमालेले आज पोखरामा आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन पाण्डेले एकताको पक्षमा उभिरहेका बेला माधव नेपालसहितका नेताहरू पार्टी फोडेर जानु ठुलो गल्ती भएको बताए ।
नेता पाण्डेले प्रदेश २ मा अलि बढी क्षति भएको सुनिएको भए पनि आउने दिनमा मिलाउने गरी काम अगाडि बढेको बताए । उनले क्षति पूर्ति गर्न अब काम गर्नुपर्नेमा जोड दिए ।
अबको ६ महिनामा स्थानीय तह र १४ महिनामा प्रदेश र स्थानीय तहको चुनाव हुने भन्दै उनले त्यसबेला पार्टीलाई मजबुत बनाउने गरी काम गर्नुपर्ने बताए ।
नेकपा एमाले सबैको साझा घर भएको र यही रहेरै अगाडि बढ्नु पर्ने नेता सुरेन्द्र पाण्डेको भनाई थियो ।