नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को संयोजकमा सुमन देवकोटा चयन भएका छन् ।
देवकोटा र धिरज सेर्पालीले दावी गरेपछि वाईसीएलको भेलाले संयोजक चयन गर्न सकेको थिएन ।
मंगलबार बसेको वाईसीएलको पहिलो पुर्ण बैठकको उद्घाटन तथा सपथ ग्रहण कार्यक्रममा माउपार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देवकोटालाई संयोजक चयन गरेका हुन् ।
त्यस्तै, संयोजकमा दाबी गर्दै आएका सेर्पाली उपसंयोजकमा चयन भएका छन् ।
यसअघि वाईसीएलको भेलाले २३५ सदस्यीय केन्द्रीय समिति चयन गरिसकेको छ ।