पछिल्लो २४ घण्टामा थप १६७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै कुल संक्रसिमको संख्या ७ लाख ७२ हजार १८३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३० हजार ३०३ सक्रिय संक्रमित छन् ।
त्यस्तै, बुधबार २०७२ जना निको भएका छन् । हालसम्म ९४.७ प्रतिशत संक्रमित निको भइसकेका छन् ।
आज कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८७९ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल १५४ जना संक्रमित भेन्टिलेटरमा र ५१४ जना आईसीयूमा उपचाररत् छन् ।