सुदूरपश्चिम प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता कृष्णबहादुर चौधरीले लोकतान्त्रिक समाजवादी (लोसपा)का पक्षमा सनाखत गरेका छन् ।
क्षेत्रीय निर्वाचन कार्यालय धनगढी पुगेर नेता चौधरीले जसपा छाडेर लोसपाका पक्षमा सनाखत गरेका हुन् ।
चौधरीले लोसपा रोजेपछि जसपा समेत विभाजित भएको छ । सुदूरपश्चिम प्रदेश सभामा जसपाका २ जना प्रदेश सभा सदस्य रहेका थिए ।
अर्का प्रदेश सभा सदस्य मालामती राना जसपामै रहेको बताइएको छ । दुवै जना तत्कालीन राजपाबाट प्रदेश सभामा निर्वाचित भएका थिए ।