सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र सोही मन्त्रालयका राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका छन् ।
मन्त्री शाह र राज्यमन्त्री गहतराजले मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष पदबाट राजीनामा दिएका हुन् ।
नेकपा एमाले विभाजन हुँदा शाह र गहतराजले नेकपा एमालेमै रहने निर्णय गरेपछि राजीनामा दिएका हुन् ।
पार्टी विभाजनपछि एमाले परित्याग गरेर १४ सांसदले नेकपा एकीकृत समाजवादी राजेका छन् ।
सुदूरपश्चिममा माओवादी केन्द्र र नेकपा (एस) को बहुमत छ ।