बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन्। मुख्यमन्त्री शाक्यले सरकारको नेतृत्व लिएको २१ दिनपछि मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन्।
उनले आज बुधबार ५ जना मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्ने तयारी गरेकी छिन्। आज मध्याह्न १२ बजे नियुक्त गरी शपथ खुवाउने तयारी भइसक्दा नियुक्त हुने मन्त्री र राज्य मन्त्रीको नाम भने सार्वजनिक भएको छैन।
मुख्यमन्त्री शाक्य गत भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी हुन्। लामो समय एमालेमा माधवकुमार नेपालको पक्षमा रहँदै आएकी उनी प्रदेश सरकारको नेतृत्व गर्नुअघि एमालेमै रहने निर्णयमा पुगेकी थिइन्।