नेपालको महिला राष्ट्रिय फुटबल टोलीले आज बंगलादेशसँगमैत्रीपूर्ण खेल खेल्दैछ ।
खेल आज साँझ ५ः३० बजे दशरथ रंगशालमा सुरु हुनेछ । महिला फुटबलमा नेपाल अहिलेसम्म बंगलादेशविरुद्ध बलियो देखिएको छ । पछिल्लोपटक नेपालमै भएको साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई ३–० ले पराजित गरेको थियो ।
दशरथ रंगशालामा नेपालको महिला सिनियर टोलीले पहिलो पटक खेल्न लागेको हो । आजको खेलमा नेपालकी साबित्रा भन्डारी चोटका कारण मैदान बाहिररहनेछन् ।
उनको अनुपस्थितिले नेपालसँगको आजको खेलमा बंगलादेशलाइ सहज हुने आकलन गरिएको छ ।