राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, मुख्यसचिव शंकरदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल सहभागी छन् ।
पछिल्लो समय देशका विभिन्न स्थानमा एमसिसीलाई दिएर विरोध तथा प्रदर्शन भइरहेको छ । एमसिसीका उपाध्यक्ष फतिमा सुमार नेपाल आएको अर्कोदिन राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । एमसिसीका उपाध्यक्ष फतिमा सुमार बिहीबार नेपाल आएकी थिइन् । उनले बिहीबारदेखि नै राजनीतिक भेटघाटलाई तीब्र बनाएकी छन् ।
बैठक एमसीसी विरोधलगायतका विषयमा छलफल केन्द्रित हुने बताइएको छ ।
यो बैठक प्रधानसेनापति शर्माका लागि पहिलो हो । उनी यही भदौ ११ गते आजदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त भएका थिए ।