नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।
उनले शुक्रबार बिहान देउवालाई भेटेर दुई विषयमा ध्यानाकर्षण गराएका छन् ।
उनले पार्टी निर्वाचनलाई धाँधली रहित र निष्पक्ष बनाउन देउवाको ध्यानााकर्षण गराएको सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् ।
त्यस्तै, उनले पार्टीका कृयाशील सदस्यहरुको छानविन निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न गर्न, पार्टीको महाधिवेशनमा राज्यको पुलिस र प्रशासनको दुरुप्रयोग हुन नपाओस् भनेर देउवाको ध्यानाकर्षण गराएका छन् ।
देउवालाई पौडेलसँगै महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाश मान सिंह, अर्जुन नरसिंह केसी, मिनेन्द्र रिजाल र जीवन परियारसहितका नेताले भेटेका थिए ।