नेकपा एमालेले शुक्रबार पनि संसद बैठक अवरुद्ध गरेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्ने वित्तिकै एमाले सांसदले नारावाजी गर्दै संसद बैठक अवरुद्ध गरेका हुन् ।
सभामुख सापकोटाले निष्पक्षता देखाउन नसकेको र पार्टीले निष्कासन गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमालेले बैठक अवरोध गरेको हो ।
सभामुख सापकोटाले अदालतमा विचाराधीन मुद्दामा संसदमा बहस नगर्न भन्दै एमाले सांसदहरुलाई सदन सन्चालनमा सघाउन आग्रह गरिरहेका छन् ।
आजको बैठकमा शपथसम्बन्धी अध्यादेश, २०७८, रेल्वे अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, स्वीकृतिका लागि प्रस्तुत गर्ने कार्यसूची छ ।
एमालेले बुधबारको बैठक पनि अवरुद्ध गरेको थियो ।