पपुवा न्यूगिनी (पीएनजी)सँगको दोस्रो खेलमा नेपाली टिमका युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले अर्धशतक बनाएका छन् ।
उनले ८० बलमा एक चौका र दुई छक्कासहित अर्धशतक बनाएका हुन् । एकदिवसीय क्रिकेटमा रोहितको दोस्रो अर्धशतक हो ।
अघिल्लो खेलमा उनी ४१ रनमा आउट भएका थिए ।
कप्तान ज्ञानेन्द्र मल्ल अर्धशतक बनाउन चुकेका छन् । उनी ४५ रनमा आउट भए ।
नेपालले सस्तैमा दुई विकेट गुमाएको थियो । नेपालले दोस्रो विकेटका रूपमा ओपनर कुशल भुर्तेललाई पनि ३ रनमै गुमायो । नेपालले पहिलो विकेटका रूपमा आशिफ शेखलाई ३ रनमा गुमाएको थियो ।
त्यस्तै, विनोद भण्डारी १७ रन बनाएर आउट भएका छन् ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले यो समाचार तयार पार्दासम्म ३५ ओभरमा ४ विकेटको क्षतिममा १३९ रन बनाएको छ ।