उत्तरी क्षेत्रका हुम्ला खण्डमा पर्ने सीमास्तम्भ अध्ययन गर्न सरकारले गठन गरेको सीमा अध्ययन टोली हुम्ला आइपुगेको छ ।
सरकारले दिएको जिम्मेवारी पूरा गर्न टोली सीमा स्तम्भको स्थलगत अध्ययन गर्न गृह मन्त्रालयका सहसचिव जयप्रसाद आचार्यको टोली हुम्ला आइपुगेको हो ।
टोलीले आजै हुम्लाका जनप्रतिनिधि, राजनीतिक दलहरु, प्रशासक र नागरिक समाजसँग छलफल गर्नेछ । टोली आज सिमकोटमै बसेर भदौ २७ गते बिहानका लागि लाप्चातर्फ लाग्नेछ ।
केही दिन अघि सरकारले आचार्यको नेतृत्वमा तीन सदस्यीय हुम्ला खण्डमा पर्ने सीमा स्तम्भहरुको अध्ययन टोली गठन गरेको थियो ।
समितिले नेपाल र चीनबीचका हुम्ला खण्डमा पर्ने १५ वटै सीमा स्तम्भमा पुग्ने तयारी गरेको छ । दुई देशको सीमा क्षेत्र लोलुङ जोङमा चिनियाँ पक्षले भौतिक संरचना निर्माण र १२ नम्बर सीमा स्तम्भ चीनले एकतर्फी पुनःनिर्माण गरेपछि हुम्लामा यसको विरोध हुँदै आएको छ ।