आफूलगायतको पहलमा ४१ जनालाई प्रहरी जवान बनाएको भनेर फेसबुकमा लेखेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा प्युठानको ऐरावती गाउँपालिका–१ का ३० वर्षीय नरेन्द्र गुरुङ रहेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘प्युठानका उपसभापति बद्री लम्सालको सिफारिसमा ११ जना, हिमाल, श्याम, राजनलगायत साथीहरूको सिफारिस गरी देशभरमा ४१ जनाको नाम निकाल्न सफल भएको छु । सहयोगका लागि माननीय गृहमन्त्री बालकृष्ण खाँड ज्यूलाई हार्दिक धन्यवाद ।’
उक्त कुरा लेख्ने गुरुङलाई पक्राउ गरेर सोधपुछ गरिरहेको प्युठानका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
उनले फेसबुकमा आफू नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय कार्यलयको मुख्य सचिव रहेको उल्लेख गरेका छन् ।
उनले प्रधानमन्त्री समेत रहेको कांग्रेस सभापति शेरबहादुर देउवालगायतका फोटा सामाजिक सञ्ञ्जालमा अपलोड गरेका छन् ।