पछिल्लो २४ घण्टामा थप ९९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९८४० नमुना परीक्षण गर्दा ९९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमण घट्दै गइरहेको छ । यसअघि दैनिक एक हजारभन्दा बढीमा संक्रमण पुष्टि हुने गरेको थियो । कोरोना संक्रमण घट्ने क्रममा शनिबार एक हजार कममा संक्रमण पुष्टि भएको छ ।
शनिबार संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९३६ पुगेको छ ।
शनिबार १३७८ जना निको भएका छन् । कुल संक्रमितमध्ये ९५.१ प्रतिशत निको भइसकेका छन् ।
हाल देशभर २७ हजार ३५५ जना सक्रिय संक्रमित छन् ।
