लामो समय बालसाहित्यमा योगदान पु¥याएका स्रष्टा डम्बर रसिक भारतीलाई ‘सिन्धु–मित्र बालसाहित्य पुरस्कार २०७८’ प्रदान गरिएको छ।
नगद ११ हजार १ सय ११ रुपैंया पुरस्कार राशीसहित दोसल्ला र पुरस्कारपत्रद्वारा सम्मान गरिएको हो । मित्र प्रतिष्ठानको समन्वयमा दुःखी प्रकाशनले सो पुरस्कार प्रदान गरेको हो। बागमती प्रदेश सभाको सांसद् युवराज दुलालले भारतीलाई पुरस्कार प्रदान गरेका थिए। कार्यक्रममा स्रष्टा रसिकको व्यक्तिचित्र कवि चन्द्रप्रसाद न्यौपानेले प्रस्तुत गरे।
‘हामीले वर्षिनै बालसाहित्यमा योगदान पु¥याउने स्रष्टाहरुलाई सम्मान गर्ने निर्णय गरेका छौं’, दुःखी प्रकाशनका अध्यक्ष सुरेश कसजूले भने, ‘यो जिल्लामा प्रदान गरिदै आएको पुरस्कार राशी मध्ये ठूलो राशीको पुरस्कार पनि हो।’
कार्यक्रमकै बीच दुःखी प्रकाशनले ४ जना जेहेन्दार विद्यार्थीहरुलाई पोषाक र स्टेशनरी सामग्री प्रदान गरेको थियो। उनीहरुलाई कक्षा १२ सम्म शैक्षिक सामग्री सहयोग गरिने प्रकाशनले जनाएको छ।
कविता प्रतियोगितामा रायमाझी प्रथम
कञ्चन प्रियदर्शीको सम्झनामा निर्मित सालिक अनावरण, पार्क उद्घाटन एवम् पुरस्कार अर्पण कार्यक्रमको अवसरमा आयोजीत खुला कविता प्रतियोगितामा नवराज रायमाझीले प्रथम स्थान हात पारेका छन्।
प्रतियोगितामा सुष्मा तिमल्सिना द्वितीय, कृष्णप्रसाद धिताल‘धिताल चिरिच्याट्ट’ तृतीय, रमेश श्रेष्ठ र घनश्याम नेपालले सान्त्वना स्थान हासिल गरे। पुरस्कृत हुने कविहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो।