सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको हो ।
नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले मन्त्रिपरिषद् विस्तारको विषयमा केही टुंगो नलागेको बताए । महामन्त्री खड्काले बैठकमा अध्यादेश, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको बताए ।
उनका अनुसार बैठकमा सैद्धान्तिक विषयमा सहमति भए पनि प्राविधिक विषयमा टुंगो लाग्न बाँकी रहेको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेता सहभागि थिए ।