सुरु भएलगत्तै नेकपा एमालेले संसद बैठक अवरुद्ध गरेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले आइतबार दिउँसो प्रतिनिधि सभाको नवौं अधिवेशनअन्तर्गत चौथो बैठक सुरु गरेलगत्तै एमाले सांसदले उठेर विरोध गरे । उनीहरूले अहिले नारावाजी गरिरहेका छन् ।
एमालेले यसअघि बुधबार र शुक्रबार पनि बैठक अवरुद्ध गरेको थियो । तर, एमालेको अवरोधका बीच संसद बैठक चलेको थियो ।
सभामुख सापकोटाले निष्पक्षता देखाउन नसकेको र पार्टीले निष्कासन गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमालेले संसद बैठक अवरोध गर्दै आएको छ ।