एमालेको अवरोधपछि संसद बैठक स्थगित भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले आइतबार दिउँसो प्रतिनिधि सभाको नवौं अधिवेशनअन्तर्गत चौथो बैठक सुरु गरेलगत्तै एमाले सांसदले उठेर विरोध गर्दै नारावाजी गरेका थिए ।
सभामुख सापकोटाले लगातार संसद अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाइ संवादमा आउन आह्वान गरेका थिए । तर, उनीहरुले नारावाजी जारी नै राखेका थिए ।
एमालेको विरोधपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
एमालेले यसअघि बुधबार र शुक्रबार पनि बैठक अवरुद्ध गरेको थियो । तर, एमालेको अवरोधका बीच संसद बैठक चलेको थियो ।
सभामुख सापकोटाले निष्पक्षता देखाउन नसकेको र पार्टीले निष्कासन गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमालेले संसद बैठक अवरोध गर्दै आएको छ ।