आइतबार बसेको दोस्रो संसद बैठकमा पनि एमालेले अवरोध गरेको छ ।
यसअघि दिउँसो १ बजे बसेको बैठकमा पनि एमालेले अवरोध गरेको थियो । उक्त अवरोधपछि बैठक स्थगित गरिएको थियो ।
त्यसपछि बसेको बैठकमा पनि एमालले अवरोध कायमै राखेको छ । बैठकमा सांसदहरूले नारावाजी गरिरहेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले संसद अवरोध नगर्न र संवादमा आउन एमालेलाई आह्वान गर्दै आएका छन् ।
एमालेले यसअघि बुधबार र शुक्रबार पनि बैठक अवरुद्ध गरेको थियो । तर, एमालेको अवरोधका बीच संसद बैठक चलेको थियो ।
सभामुख सापकोटाले निष्पक्षता देखाउन नसकेको र पार्टीले निष्कासन गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमालेले संसद बैठक अवरोध गर्दै आएको छ ।