संसद बैठक भदौ २९ गते मंगलबारसम्मका लागि स्थगित भएको छ ।
आइतबार बसेको दोस्रो पटक बसेको बैठकमा पनि एमालेले अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक भदौ २९ गते मंगलबारसम्मका लागि स्थगित गरेका हुन् । अब संसद बैठक भदौ २९ गते मंगलबार दिउँसो १ बजे बस्नेछ ।
सभामुख अग्निप्रसाद सापकोटाले संसद अवरोध नगर्न र संवादमा आउन एमालेलाई आह्वान गरेका थिए । तर, एमाले अवरोव र नारावाजी कायमै राखेको थियो ।
एमालेले यसअघि बुधबार र शुक्रबार पनि बैठक अवरुद्ध गरेको थियो । तर, एमालेको अवरोधका बीच संसद बैठक चलेको थियो ।
सभामुख सापकोटाले निष्पक्षता देखाउन नसकेको र पार्टीले निष्कासन गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमालेले संसद बैठक अवरोध गर्दै आएको छ ।