काठमाडौं– पछिल्लो २४ घण्टामा ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ११ हजार १८ जनाको कोरोना परीक्षण गर्दा पिसिआर विधिबाट ८३८ र एन्टिजेन विधिबाट ७६ जनामा कोरोना भाइरस पुष्टि भएको हो।
हालसम्म नेपालमा पिसिआर विधिबाट ७ लाख हजार १६३ जना र एन्टिजेन विधिबाध ८६ हजार ६९४ जनामा संक्रमण पुष्टि भइसकेको छ। यही अवधिमा १४२३ जना निको भएका छन् भने १३ जनाको मृत्यु भएको छ।