काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले संसद अवरोध हटाउने विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्। सभामुख सापकोटाले सोमबार दिउँसो २ः३० बजेका लागि संघीय संसदको ल्होत्से भवनमा बैठक ठाकेका छन्।
यो जानकारी गृहमन्त्री बालकृष्ण खाँणले संसद भवनबाट बाहिरिँदै गर्दा सभामुख सापकोटाले बैठक बोलाएको जानकारी दिएका हुन्।
बुधबारदेखि सुरु भएको प्रतिनिधिसभाको नयाँ अधिवेशनमा नेकपा एमालेले निरन्तर विरोध गरिरहेको छ।
एमालेका सांसदहरुको नाराबाजा बाबजुद यसअघि राजनीतिक दल सम्बन्धी ऐनलाई संशोधन गर्न ल्याएको अध्यादेश पेश र बजेटसम्बन्धी अध्यादेश स्वीकृत भइसकेका छन्।
आइतबार पनि एमालेको विरोधका कारण बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ। प्रतिनिधिसभाको आगामी बैठक भदौ २९ मा चल्ने गरी बैठक स्थगित भएको हो। सो दिन बैठक संचालन गराउने गरी सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन्।