अमेरिकी सहयोग परियोजना एमसिसीकी उपाध्यक्ष फतिमा सुमारले एमसिसी नेपालकै आग्रहमा आएको बताएकी छन्। चार दिने भ्रमणमा रहेकी फतिमा आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएकी हुन्।
उनले एमसिसी नेपालकै आग्रहमा आए पनि यसलाई नेपालले अनुमोदन नगर्दासम्म कार्यान्यवनमा नजाले पनि बताएकी छन्।
बिहीबार नेपाल आएकी फतिमाले प्रधानमन्त्री शेरबहादुर देउवालगायत केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, माधव कुमार नेपालसँग भेटवार्ता गरेकी थिइन्। उनले एमसिसी सम्झौताले नेपालको आर्थिक हितसँग जोडिएको जिकिर गरेकी छन्।
उनले यो सम्झौता भएपछि नेपालमा ८ वटा सरकार बनिसकेको र यी सबै सरकारले कार्यान्वयनको प्रतिबद्धता जनाएको उल्लेख गरिन्। उनले यो सम्झौताको कुनै अन्तिम समय सीमा नरहेको उल्लेख गरिन्।