पछिल्लो २४ घण्टामा थप १४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१६ हजार ५३९ नमुना परीक्षण गर्दा थप १४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सोमबार १२६० जना संक्रमित निको भएका छन् । हालसम्म ९५.२ प्रतिशत संक्रमित निको भएका छन् ।
त्यस्तै, सोमबार संक्रमणबाट १६ जनाको मृत्यु भएको छ ।
हाल नेपालमा २६ हजार ६३० सक्रिय संक्रमित छन् ।
