सामाजिक सञ्जालमा आफ्नै केटी साथीको अश्लिल फोटो, भिडियो पोष्ट गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दोलखा बैतेश्वर गाँउपालिका–८ घर भएर हाल काठमाडौंको टोखा बस्ने २३ बर्षीय सुजन जिरेल रहेका छन् ।
काभ्रे पाँचखालमा लुकेर बसेको उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेसंगको समन्वयमा सोमबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार उनले प्रेम सम्बन्धमा रहँदा प्रेमीकासँग अश्लिल फोटो, भिडियोहरु खिचेका थिए । विवाद (व्रेकअप)पछि प्रेम सम्बन्धमा रहेको समयमा खिचिएका अश्लिल फोटो, भिडियोहरु सामाजिक सञ्जाल फेसबुक र इस्ट्राग्राममा पोष्ट गरेका थिए । उनले आफ्नी प्रेमीकाको मोवाइल समेत खोसेर लिएका थिए ।
जिरेललाई विद्युतीय कारोवार ऐन कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको महाशाखाले जानकारी दिएको छ ।