आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा अमेरिकाले नेपाललाई २ सय ३१ रनको मध्यम लक्ष्य दिएको छ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको अमेरिका ले निर्धारित ५० ओभर खेल्दै ९ विकेटकाे क्षतीमा २ सय ३० रन मात्र बनाउन सक्यो। नेपाली बलरहरुसामु कमजोर देखिएको अमेरिकाको टोलीको लागि मोनन्क पटेलले भने शानदार शतकिय पारी खेले।
विक्रम सोबको बलमा कुशल भुर्तेलको हातबाट क्याचआउट हुनुअघि मोनन्कले १ सय १४ बलको सामना गर्दै ४ चौका र १ छक्काको मदतमा १०० रन बनाएका थिए। मोनन्कबाहेक अमेरिकाका व्याटरहरु चल्न सकेनन्।
उसका लागि निसर्ग पटेलले २१, सुशान्त मोदानीले १६, करिमा गोरेले १५, स्टेभन टेलरले १४, नोसथुस केन्जीगेले १३, अभिषेक परदकारले १३ र जसकरण मल्होत्राले ११ रन बनाए।
नेपालका लागि विक्रम सोब, सन्दिप लामीछाने र सुशन भारीले २–२ विकेट लिए भने कुशल मल्लले १ विकेट लिए।