आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत अमेरिकाविरुद्दको पहिलो खेलमा नेपाली युवा ओपनर कुशल भुर्तेलले शानदार प्रदर्शन गरेका छन्।
मध्यम लक्ष्य पछ्याउने क्रममा मैदानमा उत्रिएका युवा ओपनर भुर्तेलले सम्हालिएको खेल प्रदर्शन गर्दै पहिलो एकदिवसिय अन्तरराष्ट्रिय अर्धशतक पुरा गर्दै ८४ रनकाे पारी खेले। यसक्रममा उनले ९३ बलको सामना गर्दै ३ छक्का ३ चौका प्रहार गरे।
उनलाई अर्का युवा ओपनर आसिफ शेषले ४२ बलको सामना गर्दै २३ रन बनाएर साथ दिएका थिए। शेष १३ औँ ओभरको अन्तिम बलमा आउट भए। यस्तै कप्तान ज्ञानेन्द्र मल्ल १५ बल खेल्दै १ छक्का र १ चाैकाकाे मदतमा १७ रन बनाएर निसर्ग पटेलकाे बलमा एलबिडब्ल्यु आउट भए। यस्तै कुशल मल्ल पनि १ रनमात्र बनाएर आउट भए।
अहिले मैदान राेहित कुमार पाैडेल र विनाेद भण्डारी छन्। याे समाचार तयार पार्दासम्म नेपालले ४ विकेटकाे क्षतीमा १ सय ४५ रन बनाएकाे छ।
यसअघि ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभर खेल्दै ९ विकेटको क्षतीमा २ सय ३० रन बनाएको थियो। नेपाली बलरहरुसामु कमजोर देखिएको अमेरिकाको टोलीको लागि मोनन्क पटेलले भने शानदार शतकिय पारी खेलेका थिए।
विक्रम सोबको बलमा कुशल भुर्तेलको हातबाट क्याचआउट हुनुअघि मोनन्कले १ सय १४ बलको सामना गर्दै ४ चौका र १ छक्काको मदतमा १०० रन बनाएका थिए। मोनन्कबाहेक अमेरिकाका व्याटरहरु चल्न सकेनन्।
उसका लागि निसर्ग पटेलले २१, सुशान्त मोदानीले १६, करिमा गोरेले १५, स्टेभन टेलरले १४, नोसथुस केन्जीगेले १३, अभिषेक परदकारले १३ र जसकरण मल्होत्राले ११ रन बनाए।
नेपालका लागि विक्रम सोब, सन्दिप लामीछाने र सुशन भारीले २–२ विकेट लिए भने कुशल मल्लले १ विकेट लिए।