प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।
मङ्गलबार दिउँसो १ बजे बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालले अवरोध गरिरहेको छ ।
तर, एमालेको नारावाजीका बीच बैठक सञ्चालन गरिएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन विधेयक २०८७ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न अनुमति लिएका थिए ।
बैठकमा अर्थमन्त्री शर्माले विनियोजन विधेयक २०८७ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका छन् ।
अहिले उक्त विधेयकमाथि छलफल भइरहेको छ ।