पछिल्लो २४ घण्टामा १५६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १५८९ कोरोना संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.२ प्रतिशत छ ।
मंगलबार कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ ।
हाल देशभर २६ हजार २०२ सक्रिय संक्रमित छन् ।