नेपाली पब्लिकका प्रधान सम्पादक केसी लामिछाने प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट सम्मानित हुने भएका छन् ।
हरेक वर्ष वार्षिकोत्सवका अवसरमा प्रदान गर्दै आएको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट काउन्सिलले यसपटक नेपाली पब्लिकका प्रधान सम्पादक लामिछानेलाई प्रदान गर्न लागेको हो ।
उक्त पुरस्कारले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन र आचारसंहितको पालना गराई विश्वसनियता जगाउने अपेक्षा काउन्सिलले लिएको छ ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको बैठकले लामिछानेसहित विभिन्न पत्रकारलाई तथा सञ्चार माध्यमलाई विभिन्न पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको छ ।