बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव नेपाललाई एमालेमा फर्किन आग्रह गरेकी छन्
बिहीबार काठमाडौंमा भएको कार्यक्रममा उनले नेपालले लिएको बाटो सही नभएको भन्दै एमालेमा फर्किनु आग्रह गरेकी हुन् ।
उनले भनिन्, ‘आफूले दुःख गरेको पार्टीमा फर्किनुस् । समीक्षा गर्नुस् । सुदृढ एमाले बनाउन तपाईंको भूमिका छ । त्यो पंक्तिलाई अलमलाएर राख्नु ठिक छैन, १० बुँदेले आधार बनाएको छ । त्यसलाई मानेर अगाडि बढ्नुपर्छ ।’
शाक्यले अन्तरपार्टी निर्देशनलाई अक्षरसः पालना गर्दै सबै कमिटीलाई क्रियाशील बनाउनुपर्ने बताइन् ।