काठमाडौं जिल्लामा यही असोज ४ गते (सोमबार)देखि भेरोसेलको दोस्रो मात्रा खोप लगाइँदैछ ।
शुक्रबार स्वास्थ्य कार्यालयले सूचना जारी गर्दै पहिलो डोज लगाएकाहरुलाई तीन दिनसम्म चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा दिइने जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा भेरोसेलको दोस्रो मात्रा लगाइँदैछ ।
वडा भित्र तोकिएको ठाउँमा पहिलो खोप लगाएको कार्ड देखाएर दोस्रो मात्रा लगाउन सकिने कार्यालयले जनाएको छ ।
कीर्तिपुर नगरपालकिामा १० ठाउँमा र चन्द्रागिरि नगरपालिकामा १५ ठाउँमा भेरोसेलको दोस्रो मात्रा लगाइँदैछ ।