पछिल्लो २४ घण्टामा १ हजार ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५४० पीसीआर परीक्षणमा ८३५ जना र २ हजार ८१८ एन्टिजेन परीक्षणमा २३१ जना गरी सो संख्यामा संक्रमित थपिएका हुन्।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट १६ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको छ।
मन्त्रालयका अनुसार १ हजार २३४ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन्। नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार ८२ रहेको छ। जसमध्ये २३ हजार ६३६ जना होम आइसोलेसनमा र १४४६ जना संस्थागत आइसोलेसनमा छन्।