प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विरोधबीच विनियोजन विधेयक पारित भएको छ ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारितका लागि पेश गरेका थिए ।
त्यसपछि सभामुख सापकोटाले विधेयक पास भएको घोषणा गरे ।
प्रतिनिधिसभाबाट पारित विनियोजन विधेयक राष्ट्रियसभामा जानेछ । राष्ट्रियसभाले पारित गरेपछि विधेयक कार्यान्वयनमा आउनेछ । त्यसपछि हालको बजेट होलिडेको अन्त्य हुनेछ ।
गत भदौ २५ गते प्रतिनिधिसभामा अर्थमन्त्री शर्माले पूर्ववर्ती सरकारले ल्याएको बजेटको प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए ।
आफ्नो दलले निष्कासन गरेका १४ सांसदहरूको पद सभामुख सापकोटाले रिक्त नगरेको विरोधमा एमालेले जारी संसद् अधिवेशनको पहिलो बैठकबाटै प्रतिनिधिसभामा नाराबाजी र अवरोध जारी राखेको छ ।