शाखा अधिकृतको रिजल्ट सार्वजनिक माग गर्दै लोक सेवा आयोग अगाडि प्रदर्शन भएको छ ।
अधिकृत पदको परीक्षाको सबै चरण पूरा गरेकाहरूले रिजल्ट सार्वजनिक माग गर्दै आयोग अगाडि प्रदर्शन गरेका हुन् । उनीहरुले आयोग अगाडिसँगै माइतीघर मण्डलमा पनि प्रदर्शन गरेका छन् ।
लोक सेवा आयोगले पदपूर्तिका लागि लिएको परीक्षाको अन्तरवार्ता गत भदौ ८ गते सकिएको थियो । तर नतिजा प्रकाशन भएको छैन ।