शेयर बजार आज सोमबार एक सय १४ अङ्कले घटेको छ ।
नेप्से ११४ दशमलव शून्य दुई अङ्कले घटेर दुई हजार ६९८ विन्दुमा झरेको हो ।
आज दुई सय २५ वटा कम्पनीको शेयर कारोबार भएकोमा ९ वटा कम्पनीबाहेकका कम्पनीको शेयर ओरालो लाग्यो ।
आज एक करोड ७३ लाख कित्ता शेयर आठ अर्ब ४९ करोड ३४ लाख रुपैयाँमा कारोबार भएका छन् ।