नेपाल तेक्वान्दो महासंघ (एनटिएफ)ले झापाका अर्जुन क्षेत्री लम्साल र काभ्रेपलाञ्चोककी गोमा थापा मगर(रीना) लाई भित्र्याएको छ । महासंघले उपाध्यक्षमा लम्साल र बोर्ड सदस्यमा मगरलाई संस्थाको विधानअनुसार मनोनित गरेको हो ।
उपाध्यक्ष लम्साल लामो समयदेखि नेपाली मार्शल आर्टस् क्षेत्रमा क्रियाशिल छन् । खेल व्यवस्थापकीय क्षमता भएका लम्सालको महासंघमा आगमनले प्रदेश नंं. १ मा तेक्वान्दो गतिविधि तिव्र हुने अपेक्षा गरिएको छ ।
त्यस्तै बोर्ड सदस्य मगर ख्याति प्राप्त लोकदोहोरी मोडल एवं समाजसेवी हुन् । नेपाली कला एवं सांस्कृतिक क्षेत्रमा ख्याति कमाएकी मगरको तेक्वान्दो महासंघमा प्रवेशले मार्शल आर्टस् खेललाई कला र संस्कृतिसंग जोड्नका लागि कोसेढुंगाा सावित हुने महासंले अपेक्षा गरेको महासचिव सुदीपचन्द्र बख्रेलले बताए ।
नेपाल तेक्वान्दो महासंघले अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ(आइटिएफ) पोल्याण्ड, विश्व सङमोक्वान संघ(अमेरीका), तेक्वान्दो अन्तर्राष्ट्रिय(बेलायत), अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ युनियन(आयरल्यान्ड), अन्तर्राष्ट्रिय परम्परागत तेक्वान्दो महासंघ(स्पेन) र विश्व तेक्वान्दो परिषद(जर्मनी) बाट सम्बन्धन पाएको छ ।
महासंघमा नेपाल परम्परागत तेक्वान्दो महासंघ, इन्टरनेशनल चाङहोन तेक्वान्दो महासंघ नेपाल, आइटिएफ नेपाल, नेपाल सङमोक्वान संघ र साङरोक नेपाल तेक्वान्दो एकेडेमी लगायतका तेक्वान्दो संघहरु आबद्ध रहेको महासचिव बख्रेलले बताए ।