लिबिया– संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्चआयोग ९युएनएचसीआर० ले सोमबार १३४ अवैध आप्रवासीहरुलाई लिबियाको पश्चिमी तटीय क्षेत्रबाट उद्धार गरेको छ। “समुद्रमा रोकिएका १३४ जनालाइ हिजो राती अज्जाविया आयल रिफाइनरीबाट बचाईएको थियो,” ट्वीटरमार्फत यूएनएचसीआरले बताएको छ।
लिबिया शरणार्थी र आप्रवासीहरुलाई फिर्ता गर्नको लागी एक सुरक्षित बन्दरगाह नभएको यूएनएचसीआरले जनाएको छ। आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय संगठनकाअनुसार यस वर्ष अहिलेसम्म २४ हजार ४२० जना भन्दा बढी अवैध आप्रवासीलाई उद्धार गरिएको छ ।
उद्धार गरिएका ती आप्रवासीमा महिला र बालबालिका पनि रहेका जनाइएको छ। यद्यपी अन्य सयौंको मृत्यु हुनुको साथै लिबियाको तटीय क्षेत्रबाट बेपत्ता भएका छन्।
रासस