काठमाडौंं– नेपाली बजारमा आज सुनको मूल्य रु नौ सयले बढेको छ। छापावाल सुन मङ्गलबार रु ८९ हजार दुई सयमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य रु ९० हजार एक सय तोकिएको छ।
त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८९ हजार ६५० कायम गरिएको छ । तेजाबी सुन मङ्गलबार प्रतितोला रु ८८ हजार ७५० मा कारोबार भएको थियो। महासङ्घका अनुसार चाँदीको मूल्य मङ्गलबारका तुलनामा आज प्रतितोला रु २५ले बढेको छ। चाँदी मङ्गलबार प्रतितोला रु एक हजार १४० मा कारोबार भएको थियो। चाँदीको मूल्य आज प्रतितोला रु एक हजार १६५ तोकिएको छ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७७ दशमलव ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ जुन समयसमय परिवर्तन भइरहन्छ।
रासस