चीनमा एमबिबिएस अध्ययन गरेका नेपाली विद्यार्थीहरु सरकारविरुद्द आन्दोलनमा उत्रिएका छन्।
कोरोनाभाइरस महामारीका कारण इन्टर्नशिप नगरी चिनबाट फर्किएका सन् २०१५ र २०१६ व्याचका नेपाली विद्यार्थीहरुले आन्दोलन शुरु गरेका हुन्। उनीहरुले अध्ययन गरेको विश्वविद्यालय र चीन सरकारले सम्भव भएसम्म आफ्नै देशमा इन्टर्नशिप गर्न आग्रह गरेपछी विद्यार्थीहरुले सरकालाई त्यसको व्यवस्था मिलाउन आग्रह गर्दै आएका थिए।
पटक–पटक मौखिक र लिखित रुपमा आग्रह गर्दा समेत सरकारले कुनै पहल नगरेपछी बाध्य भएर आन्दोलनमा उत्रिनु परेको विद्यार्थी अनिष रेग्मीले जानकारी दिए। इन्टर्नसिपको विषयमा नेपाल मेडिकल काउन्सिल, चिकित्सा शिक्षा आयोग र शिक्षा मन्त्रालयलाई बारम्बार ताकेता गर्दा पनि कुनै निर्णय नपाएको बताए।
चिकित्सा शिक्षा आयोगले माग सम्बोधन गर्न शिक्षा मन्त्रालयअन्तरगत एउटा कमिटि गठन गरिएको बताएपनि अहिलेसम्म कुनै निर्णय नहुँदा आफुँहरुको भविष्य अन्यौलमा आन्दोलनरत विद्यार्थीहरुले गुनासो गरे।