चौथो सिजनको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा ललितपुर प्याट्रियट्सले काठमाडौं किंग्स–११ लाई १५८ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङ गरेको ललितपुरले निर्धारित ओभरमा ८ विकेट गुमाएर १५७ रन बनायो । ललितपुरका लागि पवन सरार्फले ६१, योगेन्द्र सिंह कार्कीले ३३ बनाए ।
काठमाडौं किंग्स–११ का जितेन्द्र मुखियाले ४ विकेट लिए । त्यस्तै, सन्दीप लामिछानेले ४४ र शाहिद अफ्रिदीले ३२ रन खर्चिए ।
असोज २३ सम्म चल्ने प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख हात पार्ने छन् ।