पछिल्लो २४ घण्टामा थप ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१० हजार नमुना परिक्षण गर्दा ९५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै कुल संक्रमितको संख्या ७ लाख ९० हजार ६६३३ पुगेको छ । जसमध्ये १९ हजार सात सय सक्रिय संक्रमित छन् ।
शनिबार १ हजार ३७१ संक्रमित निको भएका छन् । हालसम्म ९६.१ प्रतिशत संक्रमित निको भइसकेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको छ ।
