माण्डवी नामक संस्थाको कार्यकारी निर्देशक समेत रहेकी अन्जु झाले गृहमन्त्री बालकृष्ण खाँडको आडमा रौतहटमा आतंक मचाएकी छन् ।
आफुलाई गृहमन्त्री निकट बताउँदै झाले रौतहटका सक्रिय संचारकर्मी मो. मोजिबुलाको सवारी साधनमा प्रतिबन्धित लागु औषध राख्न लगाएकी थिइन् । जसका कारण जिल्ला प्रहरी कार्यालय रौतहटबाट तत्कालीन प्रमुख सिददी बिक्रम शाहसहित अन्य दुई जना प्रहरी कर्मचारीले कारवाही भोगिरहेको अवस्था छ भने एक जना संचारकर्मी संजय सहनी फरार रहेका छन् ।
त्यस्तै अन्जु झाले रचेको लागु औषध काण्डका अन्य केही संग्लन आरोपीहरु प्रहरी कै संरक्षणमा खुलेआम घुमिरहेको पीडितको आरोप छ । मोजिबुला काण्ड पछाडि अन्जु झाले शुक्रबार रौतहट जिल्लाका चर्चित पत्रकार तथा रिपोटर्स क्लबका प्रदेश कोषाध्यक्ष अभिमन्यु पटेलमाथि आक्रमण गरी स्थानीय प्रशासनलाई खुल्ला चुनौंती नै दिएकी छन् ।
आफुलाई गृहमन्त्री खाँडको मित्र बताउँदै प्रचार गर्दै हिँड्ने झाले शुक्रबार राति ८ बजेको समयमा गौर नगरपालिका–१ स्थित रहेको नारायणी सैलुनमा कपाल कटाउँदै गरेको अवस्थामा पत्रकार पटेलमाथि आफ्नै नातागोताका गुण्डाहरुलाई प्रयोग गरि हमला गरेको आरोप लागेको छ ।
सैलुनमा कपाल कटाउँदै गरेको अवस्थामा झासंगै आएका उनका श्रीमान राजेश मिश्र, सुशिल झा, पुनम झालगायतको समुहले पत्रकार पटेललाई निर्घात कुटपिट गर्नुको साथै अभद्र व्यहवार समेत गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
रौतहटका संचारकर्मीविरुद्ध पछिल्लो केही समयदेखि षडयन्त्र पुर्वक तथा सुनयोजित ढंगले माण्डवीको कार्यकारी निर्देशक झाले गरेको क्रियाकलाप अपराधिक रहेको भन्दै क्रियाशिल पत्रकार समुह रौतहटले कारवाहीको माग गरेको छ ।
समुहका संयोजक प्रविण टिवडेवाल र सह–संयोजक प्रविण पाण्डेले संयुक्त विज्ञप्ति जारी गर्दै घटनामा संग्लनलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेका छन् ।
दोषीलाई कारवाही गर्न स्थानीय प्रशासन चुके कडा आन्दोलन गर्ने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।
त्यस्तै संचारकर्मी पटेलमाथि शुक्रबार राति भएको सांघातिक आक्रमणमा संग्लनहरुलाई तत्काल पक्राउ गरि कडा कारवाही गर्न नेपाल पत्रकार महासंघ रौतहट शाखाले माग गरेको छ ।