दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको तियानक्वान काउन्टीमा भारी वर्षाका कारण आइतबार बिहान गएको पहिरामा धेरै मानिसहरू बेपत्ता भएका छन् ।
आइतबार बिहानसम्म चार जनालाई उद्धार गरिएको छ । तियानक्वानको आपत्कालीन व्यवस्थापन मुख्यालयका अनुसार उद्धार गरिएका मध्ये दुई जना सामान्य घाइते भएका छन् भने अर्का एक जना अचेत अवस्थामा छन् ।
त्यसै गरी अर्का एक जना भने उद्धारका क्रममा स्थिर अवस्थामा पाइएका छन् । तियानक्वानको प्रशासन हेर्ने यान सिटीको आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार ती चार जना स्थानीय निर्माण स्थलको अस्थायी छाप्रो भित्र थिए ।
आइतबार बिहान पहिरामा परी मानिस बेपत्ता भएको खबर पाएपछि प्रान्तले विभिन्न शहरहरुबाट १०० भन्दाबढी मानिसहरूलाई उद्धारका निम्ति तियानक्वान पठाइएको छ ।