एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा चितवनले विराटनगरमाथि २ विकेटको जित निकालेको छ ।
पहिले ब्याटिङ गरेको विराटनगरले ९ विकेट गुमाएर १५१ रन बनाएको थियो ।
१५२ रनको लक्ष्य पाएको चितवनले ८ विकेट गुमाएर अन्तिम बलमा लक्ष्य भेट्टायो ।
उसका लागि भिम शार्कीले ३०, दिलीप नाथले २३, करीम जनातले १९, इशान पाण्डेले १० र राजेश पुलामीले अविजित ३९ रन बनाएर आफ्नो टिमलाई जित दिलाए ।
बलिङमा सिकन्दर राजा, करण केसीले दुई/दुई, रायन पठान, प्रतिस जिशी र अनिल खरेलले एक/एक विकेट हात पारे ।
त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको चितवनका लागि अलराउन्डर सिकन्दर राजाले आक्रामक पारी खेले । उनले ४७ बलमा सात छक्का र दुई चौकासहित ६७ रन बनाए ।
त्यस्तै, अनिल साहले ३२ र सौरभ खनालले अविजित ३० रनको योगदान दिए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
बलिङमा कमल सिंह ऐरीले २, करीम जनत, कप्तान सोमपाल कामी, सागर ढकालले दुई/दुई र साहब आलमले एक विकेट लिए ।
प्रतियोगिताअन्तर्गत आजै साढे १ बजेदेखि भैरवहा र पोखराको खेल हुँदैछ ।