नेकपा एमाले केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।
बैठकमा असोज १५ देखि हुने एमाले विधान महाधिवेशनमा पेश गरिने विभिन्न प्रतिवेदनमा उठेको सवालबारे जवाफ दिने कार्यसूची छ । प्रतिवेदनमाथि समूहगत छलफल गर्न एमालेले गर्न १० समूह बनाएको थियो ।
राजनीतिक प्रतिवेदनमाथिको सवालबारे अध्यक्ष केपी शर्मा ओली, सांगठनिक प्रतिवेदनमाथिको सुझावबारे महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्तावमाथि उठेको सवालबारे उपमहासचिव विष्णु पौडेलले जवाफ दिने कार्यसूची छ ।
यसअघि च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा आइतबार दिउँसो स्थायी कमिटी सदस्यको अनौपचारिक बैठक बसेको थियो ।