अर्थमन्त्री जनार्दन शर्माले ‘पढ्दै कमाउँदै कार्यक्रम’ कार्यान्वयन गर्न सक्रियता बढाएका छन् ।
केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट प्रतिस्थापन गर्दै शर्माले नयाँ बजेट ल्याएका थिए । उक्त बजेटमा नयाँ कार्यक्रमका रुपमा ‘पढ्दै कमाउँदै कार्यक्रम’ समेटिएको थियो ।
उक्त कार्यक्रम कार्यान्वयन गर्न अर्थमन्त्री शर्माले आइतबार अर्थ र कृषि मन्त्रालयका सचिवहरुसँग छलफल गरेका छन् ।
साथै उनले जनज्योति मा.वि. सुर्खेतका प्रध्यानाध्यापक नारायण सिग्देललगायतका सरोकारवालाहरुसँग पनि छलफल गरेका छन् ।