नेकपा एमालेका उपाध्यक्ष भीम रावल केन्द्रीय कमिटी बैठकबाट बाहिरिएका छन् ।
आइतबार बसेको बैठकमा अध्यक्ष केपी ओली बोल्दै गर्दा रावल बाहिरिएका हुन् ।
उनी असार २७ को १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्ट छन् । आइतवारै बसेको स्थायी कमिटी बैठकमा पनि रावल ‘समय आएपछि बोल्ने’ भन्दै मौन बसेका थिए ।
रावलले १० बुँदे अनुसार जेठ २ मा फर्काएर आफूलाई सुदूरपश्चिम इन्चार्जमा कायम गर्नुपर्ने अडान राख्दै आएका छन् । तर अध्यक्ष ओलीले अहिलेको एमाले तत्कालीन नेकपाको निरन्तरता पनि भएकाले सुदूरपश्चिम इन्चार्जमा लेखराज भट्ट नै यथावत हुने अडान राखिरहेका छन् ।
यस्तोमा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा नेता रावल, झपट रावल र भानुभक्त जोशीले १० बुँदे कार्यान्वयन गर्न माग गरेका थिए ।