प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले १३ हजार नेपाली विद्यार्थीलाई जापान पठाउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
आइतबार बसेको बैठकमा सभापति जयपुर्री घर्तीले जापान जानबाट रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई कूटनीतिक पहल गरेर पठाउन सरकारलाई निर्देशन दिएकी हुन् ।
सीआई र भिसा पाएका १३ हजार विद्यार्थीहरुले पैसा बुझाएर पनि जापान जान पाएका छैनन् ।